भियतनामका राष्ट्रपति चीन भ्रमणमा निस्कँदै
काठमाडौँ । भियतनामका शीर्ष नेता तो लामले आइतबारदेखि चीनको भ्रमण गर्ने भएका छन् । यो उनको कम्युनिस्ट पार्टी अफ भियतनाम (सिपिभी) केन्द्रीय समितिको महासचिवको रुपमा नियुक्त भएपछि हुने पहिलो विदेश यात्रा हो।
भियतनाम र चीनबीचमा लामो समयदेखि स्थिर र सुदृढ सम्बन्ध रहीआएकाले यस भ्रमणलाई दुवै देशले रणनीतिक महत्त्वका साथ लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चिनीयाँ कम्युनिस्ट पार्टी (सिपिभी)का महासचिव एवं चिनियाँ राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा सिपिभीका महासचिव एवं भियतनामका राष्ट्रपति लामले १८ देखि २० अगष्टसम्म चीनको भ्रमण गर्न लागेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।
लाम ३ अगष्टमा सिपिभीको महासचिवमा चयन भएका थिए । पूर्व महासचिव गुयेन फू त्रोंगको १९ जुलाईमा निधन भएपछि उनी महासचिव भएका हुन्।
भ्रमणका क्रममा लामले आफ्ना समकक्षी सि चीनफिङसँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यसैगरी लामले प्रधानमन्त्री लि चियाङ्गसहित चीनका उच्च अधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।