macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सरकारका खातामा १८७ अर्ब मौज्दात :राष्ट्र बैंक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल सरकारको नाममा रहेका बैंक खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारका खातामा सो बराबरको मौज्दात रहेको राष्ट्र बैंकको आँकडामा उल्लेख छ ।

२०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको मौज्दात ५ महिनामा बढेर झण्डै २ खर्ब हाराहारी पुगेको हो । नेपाल सरकारले ५ महिनाको अवधिमा ४५३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१ प्रतिशत धेरै हो । यस अवधिमा सरकारले ३६० अर्ब चालु, ३६ अर्ब ६ करोड पुँजीगत र वित्तीय व्यवस्थामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।

राजस्व परिचालन लक्ष्यको तुलनामा कम सङ्कलन भए पनि वृद्धिदर भने गत वर्षको तुलनामा सुधार भएको छ । मंसिरसम्म ३६३ अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यो गत आवको यसै अवधिमा उठेको राजस्वको तुलनामा ११.२ प्रतिशत धेरै हो । यस अवधिमा कर राजस्व ३३७ अर्ब १९ करोड र गैरकर राजस्व २६ अर्ब २४ करोड रुपैयाँ उठेको छ ।

himalayan life insurance
igi long
NTA long ad