stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आईतबार पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सो दिन आठ वर्षे अवधिको विकास ऋणपत्र २०८८“ग” (८ वर्षे) बोलकबोलको माध्यमद्धारा बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आईतबार अपरान्ह तीन बजेसम्म आवेदन सक्ने छन् । निष्काशन मिती २०८० असोज १५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८८ असोज १५ गते तोकिएको छ ।

खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख र एक अर्ब ९६ करोड ५० लाख रुपैंयाँ छुट्ट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुुसार खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ ।

ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

यी बाहेकका वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन नपाउने राष्ट्र बैंकको भनाई छ ।

prabhu mahalaxmi
kumari