citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

लालीगुराँस सहकारीबाट ऋण लिएकाहरुलाई विशेष छुट सुविधा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल

ललितपुर ।  श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई छुट सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी र यसलाई नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित बनेका आफ्ना सदस्यहरुलाई संस्थाले छुट सुविधा दिने निर्णय गरेको हो ।

कोरोना महामारी फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो भन्दै लालीगुराँसले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिकरुपमा ब्याज तिर्न सहज हुन सकोस भन्ने उद्देश्यले सुविधा दिएको बताए । संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशतभन्दा बढी ब्याज चुक्ता गरेमा तीन प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने भुक्तानी गर्न बाँकी हर्जना रकममा सत प्रतिशत छुट दिने घोषणा गरेको छ ।

नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको यस संस्थाले ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।  कर्मचारीलाई कोरोना बिमा यसैबीच संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयसहित सबै सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ ।

संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । सरकारले ल्याएको कोरोना बीमा योजनामा प्रतिव्यक्ति एक लाख रुपियाँको रहेको छ । पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमितले उक्त रकमको दावी भुक्तानी पाउने छन् । संस्थाका कुल ११८ कर्मचारी रहेका छन् ।

IME Life
ofukuro
kumari