citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

सिटी एक्सप्रेसमा युरोपबाट पनि पैसा पठाउन सकिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । बेलायतको रेमिट्यान्स कम्पनी गौवा पे  लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार शुरु भएको छ । युके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्ग स्थित उपभोक्ताहरुले गौवा पेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजा ५ सय भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र बैक खाता हुनेहरुले रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न समेत सक्ने छन ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गौवा लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी  Orkhan Nasibov ले हस्ताक्षर गरेका छन ।

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो पहिचान बनाउदै बिगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अस्ट्रेलिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी  एक्सप्रेसका देशभर छरिएर रहेका ७५०० भन्दा  बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।

gold
kumari bank