अनुत्पादक लगानीले समस्या

काठमाडौँ । सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरूले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को राजधानीमा आयोजित १२औँ वार्षिक साधारण सभाको अवसरमा उहाँले सहकारीको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताउनुभयो । खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नलागेको उहाँको भनाइ थियो ।
सहकारीको खास समस्या भने पहिचान भइसेको पण्डितले बताउनुभयो । “हामी आफैँ त्यसको भुक्तभोगी छौँ र पनि समस्या समाधानतर्फ किन लाग्दैनौँ रु” उहाँले भन्नुभयो ।
अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशतभन्दा बढी फिर्ता नगर्नु भनेपछि समस्या बढेको उहाँको भनाइ छ ।
विभागले सहकारीको वास्तविक तथ्याङ्क राख्न नसकेको स्वीकार्दै उहाँले माघपछि वास्तविक तथ्याङ्क आउने गरी विभागले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारी बैङ्कका अध्यक्ष केबीप्रसाद उप्रेतीले राज्य र बैङ्क तथा वित्तीय संस्थाका कारण सहकारीमा अहिलेको अवस्था आएको बताउनुभयो ।
१६ पुस २०७९, शनिवार ०७:५५ बजे प्रकाशित