stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुविधा सहकारी संस्थाको रजत महोत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा ८ सिमलचौरमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था को २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सव विविध कार्यक्रमहरू सहित समापन गरिएको छ।

स्थानीय युवाहरूद्वारा सामाजिक गतिविधि आर्थिक सहभागिता गराउने उद्देश्यले स्थापित सहकारीले २८ करोडको कुल कारोबार सहित सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव वीरबहादुर अधिकारीले बताए ।

सो महोत्सवको शुभारम्भ गर्दै पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले उत्कृष्ट विद्यार्थी कर्मचारीलाई सम्मान गर्दै सहकारी गतिविधिले समाजमा आर्थिक सहभागिता बढाउन महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

संस्थाका शेयर सदस्यहरू मध्ये अध्ययनतर्फ उत्कृष्ट लेखनाथ पौडेलको काव्य अदैत बिदान्त मा बिद्ययाबारिधी गर्नुभएका संस्थाका सल्लाहकार प्राध्यापक बोधराज ढकाल लगायत अन्य विधार्थी , कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका पूर्व वडा अध्यक्ष विरेन्द्र नारायण बिजुक्छे , कास्की बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वर सुवेदी, सराङकोट बहुउद्देश्य सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्णबहादुर थापा ,सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शारदागिरी, परोपकार सहकारी संस्थाका अध्यक्ष सोमनाथ बराल ,पुव अध्यक्ष विश्व कुमार बिजुक्छे लगायतले ऐन नियमको पालना सहित सहकारी एकतामा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष कृष्णमान ठुसाजुको अध्यक्षमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ ,उपाध्यक्ष राजू पौडेल, सचिव वीरबहादुर अधिकारी, कोषाध्यक्ष उमा पराजुली, कार्यकारिक निर्देशक सुशील बिजुक्छेले संस्थागत भनाई राखेका थिए ।

रजत वर्षको अवसरमा आइतबार रक्तदान समिति उपसमितिका लागि प्रशिक्षण शेयर सदस्य कर्मचारीका लागि स्वास्थ्य बीमा योजना कार्यक्रम राखिएको अध्यक्ष ठुसाजुले बताए ।

IME Lifesidebar
kumari