stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइहरु बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाइहरु आज माघ ४ गतेदेखि बिक्री खुला गरिने भएको छ। नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाको कोष प्रवर्द्धकका रुपमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल योजना छन्। धितोपत्र बोर्डले यस योजनाको कुल १६ करोड इकाइ बिक्री लागि अनुमति दिएको छ।

योजनाको कुल निष्कासनमध्ये बीज पुँजीबापत २ करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी १३ करोड ६० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड ६० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यस योजनाको सार्वजनिक निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बैंकिङ समयपछि हुनेछ।

prabhu mahalaxmi
kumari