stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

हिमालयन लाइफ इन्स्योरेन्सको माघ २८ गते उन्नाईसौं वार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार  उन्नाईसौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।

इन्स्योरेन्स कम्पनीको यसअघि पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। सभाले सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफारनोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचीहरूमाथि छलफल गरी पारित गर्नुका साथै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम चालू आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्नेछ।

त्यसैगरी कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको दफा १०५ को (१) (ग) बमोजिम गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

इन्स्योरेन्स कम्पनीले यस वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १५ गते एक दिन शेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन्। साधारणसभा काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि  बस्ने निर्णय गरेको छ।

prabhu mahalaxmi
kumari