राष्ट्रिय सहकारी बैंकले नाफा कमाए
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३६.६९% धेरै हो । अघिल्लो वर्ष बैंकले ४९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २०.१०% र ३४.९०% ले बढ्दा खुद नाफा माथि जान सहयोग पुगेको हो ।
अघिल्लो वर्ष ९२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले अहिले बढाएर १ अर्ब १० करोड पुर्याएको छ । सञ्चालन नाफा पनि ३३ करोड रुपैयाँबाट बढाएर ४६ करोड ६१ लाख पुगेको छ । चुक्ता पुँजी २ अर्ब २२ करोड ३८ लाख रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४ करोड ५० लाख रुपैयाँ छ । बैंकले खराब कर्जा घटाएर ०.७०% मा झारेको छ । अघिल्लो वर्ष खराब कर्जा १.३४% रहेको थियो । यसको कर्जा निक्षेप अनुपात ५४.१४% छ ।
























