sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गर्दै मन्त्रालय घेराउ

Nimb long ad
Prabhu Insurance Long Ad

मकवानपुर । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् ।

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरूले सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका छन् । उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै पुनः हेटौंडा आएका हुन् ।

सरकार पीडितको पक्षमा उभिनुको सट्टा समस्याबाट पन्छिन खोजिरहेको पीडतले आरोप लागाएका छन् । १३ हजारभन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।

प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग छ । सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका अध्यक्ष रवि लामिछाने थुनामा रहेपनि अन्य आरोपितहरूलाई सरकारले कारवाही गर्न नसकेको भन्दै पीडितहरूले राज्यको मिलोमतो रहेको आशंका गरेका छन् ।

सहकारी तथा गरिबी मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले पीडितहरूको मागका आधारमा नै प्रहरी अनुसन्धान अघि बढेको बताउनुभयो । मुद्दा हाल अदालतमा रहेकाले समस्याग्रस्त घोषणा गर्न मिल्ने–नमिल्नेबारे विज्ञहरूसँग आवश्यक छलफलपछि मात्रै भन्न सकिले उहाँले बताउनुभयो ।

मन्त्रालयको सहकारी महाशाखाका अनुसार हालसम्म बागमती प्रदेशमा ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् । बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारी मध्ये जेठ २५ गतेसम्म ३ सय ५१ वटा सहकारी विरुद्ध उजुरी परेका छन् ।

तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ ।

gold
prabhu bank
nawakantipur long