अप्पर सोलु हाइड्रोको १ करोड १५ लाख कित्ता सेयर कारोबारमा आउँदै

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लक इन अवधि असार २९ गते सकिने भएको हो ।
कम्पनीले १ करोड ३५ लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ करोड १ लाख ९२ हजार ५ सय कित्ता, संस्थाका कर्मचारीहरूको स्वामित्वमा रहेको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको १३ लाख ५० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।
सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको हकमा नियम अनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।