ओम् शिवा बहुमुखी सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा गत शनिबार अध्यक्ष श्री योगेश पूर्ण श्रेष्ठको सभापतित्तवमा सम्पन्न भएको छ ।
उक्त साधारण सभा बाट ७ जना सञ्चालक समिति र ३ जना लेखा सुपरिवेक्षण समितिका सदस्यहरु समेत निर्विरोध निर्वाचित हुनु भएका छन् ।
रजत वर्षको सेवा अवधिमा रहेको उक्त सहकारी संस्थाले सो अवसरमा निः शुल्क स्वास्थ्य शिविर, दन्त्त शिविर र प्याथोलोजी सेवा समेत प्रदान गरेको थियो ।