sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अनुसन्धानमा सघाउन २९ सहकारीका सञ्चालकलाई छानबिन समितिको निर्देशन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो।

समितिको बैठकबारे जानकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीहरुलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए।

उनले सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले उपस्थित नभए कानूनबमोजिम नै कारबाही हुने चेतावनी दिए।

उनले समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रवार बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेको बताए।

‘महालेखाको ६०औँ र ६१औँ प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याबारे उल्लेख छ। २९ वटा जुन सहकारीहरु अनुसूचीमा हुनुहुन्छ, जो समस्याग्रस्त र विभिन्न कारणले विवादमा रहनुभएको छ‚’ उनले भने, ‘उहाँहरु छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्नुस्, उपलब्ध हुनुस्, उपलब्ध भएर सूचना दिनुस्, देश विदेशमा जता हुनुहुन्छ। कानूनबमोजिम नै यो अपिल गरेका छौँ।’

उनले बिहीवारको बैठकमा महालेखापरीक्षक तोयम राया, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि बताए।

gold
kumari bank
nawakantipur long