stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिराखुसी सहकारीका अध्यक्षसहित ८ जना फरार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौंको मैतिदेवीमा रहेको हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ८ जना बचतकर्ताको करिब ३ करोड रकम ठगी गरेर फरार भएका छन्।

उनीहरु बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका हुन् । बचतकर्ता ठगेर फरार हुनेमा सहकारीका अध्यक्ष सोम प्रसाद श्रेष्ठ रहेका छन् ।

उनी भरतपुर महानगरपालिका–१४ का स्थानीय हुन् । यस्तै बचतकर्ताको पैसा फिर्ता नगरी भाग्नेमा सहकारीका सचिव उदयपुर जिल्ला कटारी नगरपालिका–४ का होम प्रसाद निरौला, सहकारीका कोषाध्यक्ष सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–८ का गणेश अधिकारी रहेका छन् ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्य स्याङजा जिल्ला आँधिखोला गाँउपालिका–३ की ईन्दिरा केसी, सञ्चालक समिति सदस्य काठमाडौं महानगरपालिका–२८ की दिया मास्के, सहकारीका सञ्चालक ओखलढुंगा साबिकको ज्यामिरे गाविस–५ का प्रदिप कुमार खड्का, सहकारीको सञ्चालक काठमाडौं महानगरपालिका–३२ का मनिक रत्न स्थापित र काठमाडौं महानगरपालिका–३३ बस्ने सहकारीका सञ्चालक सिता श्रेष्ठ फरार रहेका छन् ।

बचतकर्ताहरुको उजुरी परेपछि प्रहरीले गरेको अनुसन्धान गरेको छ । अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

दायर गरेको मुद्दामा फरार रहेका सोम प्रसाद श्रेष्ठ, होम प्रसाद निरौला, गणेश अधिकारी, ईन्दिरा केसी, दिया मास्के, प्रदिप कुमार खड्का, मनिक रत्न स्थापित र सिता श्रेष्ठलेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको पुष्टि भएको छ । उनीहरुलाई सोही संहिताको दफा २४९ को उपदफा (३ को खण्ड(ग) बमोजिम सजाय हुन मागदावी लिईएको छ ।

IME Lifesidebar
kumari