citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सीआईबीका रिहा भएलत्तै लीलाबहादुर गुरुङ फेरि पक्राउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।

उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले ललितपुर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

यसअघि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीहरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको थियो ।

सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको भएपनि ललितपुर प्रहरीको पत्राचारका आधारमा उनलाई फेरि त्यहाँ बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । नयाँ कृषि सहकारीमा आबद्ध गुरुङ उपकार सहकारीको पनि उपाध्यक्ष रहेको बताइएको छ ।

himalayan life insurance
igi long