citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मित्रमिलन सहकारी प्रकरणः ३२ करोड बिगो माग दाबी

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झन्डै ३२ करोड रुपैयाँ बिगो असुल गर्ने तयारी भएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

लामो समयको अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा ३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो मागदाबी गरिएको हो ।

सो रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरेको छ । विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो ।

सो सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ठगिएका बचतकर्तालाई उजुरी आह्वान गरेको थियो । प्रहरीले गत १९ मंसिरमा एक सूचना जारी गर्दै २७ मंसिरसम्म उजुरी दिन आह्वान गरेकामा ४८ उजुरी परेका थिए ।

जसमा ७ सय १६ जना मात्र पीडितको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसी) श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार पीडित धेरै जना भए पनि उजुरी कमै परेको हो । उजुरीअनुसार ती पीडितको कुल २० करोड ६७ लाख ५४ हजार ९ सय १३ बराबर रकम ठगिएको उल्लेख थियो ।

बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायतको प्रमाण र सम्बन्धितपीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम ऐन शीर्षकमा जाहेरी दरखास्त दिन आह्वान गरेको थियो ।

सहकारी सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन् ।

प्रहरीले प्राप्त उजुरी आधारमा जिल्ला अदालतको अनुमतिमा सहकारीका पदाधिकारी, सञ्चालक, विभिन्न उपसमितिका सदस्य समेत गरी करिब ३० जनालाई यसअघि पक्राउ पुर्जी काटेकोमा पाँच जना मात्र पक्राउ परेका छन् ।

सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार एवं सेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल पक्राउ परे पनि अन्यलाई प्रहरीले अझसम्म पक्राउ गर्न सकेको छैन । बैंकिङ कसुर अभियोगमा सहकारी अध्यक्ष पौडेल र अधिकारी पक्राउ परेका हुन् ।

himalayan life insurance
igi long