आर्जन साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । आर्जन बचत तथा ऋण सहकारीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भक्तपुरमा शनिबार साधारणसभा सम्पन्न भएको हो।
सहकारी संस्थाका अभियन्ता एवं साधारण सभाका प्रमुख अतिथि यज्ञराज ढुंगेलले सहकारी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्त गर्नका लागि सामूहिक रुपमा मिलेर गरिने सहकार्य भएकाले सहकारीमा गरिएको लगानी सुरक्षित हुनेमा विश्वस्त रहन आग्रह गरे।
कार्यक्रममा जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईं, पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले, तामाकोसी साकोस अध्यक्ष शंकरनाथ काफ्ले, संस्थापक अध्यक्ष नवराज न्यौपाने, नेफ्सकुन ठिमीका पेशल खड्का, दोलखाली समाजका अध्यक्ष कुमारप्रसाद दाहाल, नगरपालिकाका प्रतिनिधि सुरेशकुमार राई , हिमालय सीमापार ब्यपार संघ महासचिव भरत कार्की लगायतले सहकारीमा गरिएको लगानीले आर्थिक वृद्धिदर अब्बल बनाउन मद्दत पुग्ने भनदै सहकारी संस्थाको औचित्य र महत्त्वमाथि प्रकाश पारेका थिए।
संस्थाका अध्यक्ष घिमिरेले ‘आर्जन सहकारी, धनको भकारी’ भन्ने नारा अनुसार सहकारी सञ्चालन गरिएको जानकारी दिए।
सहकारी संस्थाका अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले आगामी आर्थिक वर्षदेखि बचत तथा ऋण कारोबारका आधारमा मात्र सेयर बिक्री गरिने जानकारी दिए।
अध्यक्ष घिमिरेले नियमित बचत र ऋण सांवा ब्याज समयमा बुझाउन अनुरोध गर्दै आगामी ४ वर्षभित्र संस्थाको आफ्नो कार्यालय भवन बनाउने गरी काम गर्न र सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।
साधारण सभामा उत्कृष्ट ऋणी एवं बचतकर्ता र र सेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रछात्रालाई सम्मान गरिएको थियो।