stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल इन्भेष्टमेन्ट बैंकिङ र बंगलादेश क्यापिटल मर्ज हुने 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने भएको छ । गाभ्ने गाभिने प्रस्ताव पारित गर्न दुवै कम्पनीले मङ्सिर १८ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।

नबिल इन्भेष्टमेन्टले नक्साल स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो भने नेपाल बंगलादेश क्यापिटलले नबिल बैंकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

नबिल बैंकले नेपाल बंगालदेश बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेसँगै नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्टले नेपाल बंगालदेश बैंकको सहायक कम्पनीको रुपमा रहेको नेपाल बंगलादेश क्यापिटललाई गाभ्न लागेको हो ।

नबिल इन्भेष्टमेन्टले नेपाल बंगलादेश क्यापिटललाई १स्०।२७ को स्वापमा गाभ्ने लागेको हो । अर्थात् नेपाल बंगलादेश क्यापिटलको १०० कित्ता शेयर बराबर नबिल इन्भेष्टमेन्टको २७ कित्ता शेयर हुने गरि स्वाप तय भएको छ ।

दुवै कम्पनीको विशेष साधारणसभाले गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने, र यस प्रक्रिया पुरा गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

prabhu mahalaxmi
kumari