stcnepal long ad
global ime bank long

प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र प्राप्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन ।

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न आज २०७९ भाद्र १९ गते आईतबारका दिन नेपाल धितोपत्र बोर्डमा एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमतीपत्र हस्तातरण भएको हो ।

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृति संगैं प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ ।

नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन् ।

जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पूँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।

नेपाल धितोपत्र बोर्डले आज प्रभु क्यापिटल सहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा क्यापिटललाई र यस अघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।

IME Lifesidebar
kumari