सुपर हेपर हेवाको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्न लागेको १९ करोड २५ लाख रुपैयाँले हुन आउने १९ लाख २५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।




























