stcnepal long ad
global ime bank long

सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज पुस १८ गते अन्तिम म्याद रहेको छ। यो योजनाका इकाइहरु पुस ४ गतेदेखि बिक्री खुला गरिएको थियो।

यस योजनाको इकाइ खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिने योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले जनाएको छ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने बीज पुँजी बापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्छन्।

IME Lifesidebar
kumari