stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रिलायन्स स्पिनिङ मिल्सको आज आइपीओ बाँडफाँड हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुदैछ ।

पुस ७ गतेदेखि ११ गतेसम्म खुलेको  आइपीओमा ३३ गुणा बढी आवेदन परको छ । यस आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन दिएका छन् । यो आइपीओ केवल १८ हजार ९४५ जनालाई मात्र पर्ने छ ।

कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर ८२०.८० का दरले बुक९बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । अब आवेदन दिएका ५ लाख ६४ हजार ९५१ जनाको हात खालि हुने भएको छ ।

यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा रहेको छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक(बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ ।

कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो ।

कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari