ट्रेड टावरको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । ट्रेड टावर लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
ट्रेड टावरको सञ्चालक समितिको बैठकअनुसार यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका कार्यका लागि जेठ २० गतेदेखि क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।