नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कुल ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । पाँच जना संस्थापक शेयरधनीको नाममा रहेको यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित आफूले के कति शेयर खरिद गर्ने हो सोको विवरण उल्लेख गरी बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।