sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिद्धार्थ क्यापिटलले हितग्राही (डिम्याट) खाता बापतको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता बापतको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

क्यापिटलले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई असार मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।​
हितग्राही खातावालाले वार्षिक १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउनुपर्नेछ ।

साथै, वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो शेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

खातावालाहरूले यही असार मसान्तभित्र सिद्धार्थ क्यापिटल वा सिद्धार्थ बैंकमध्ये आफूलाई पायक पर्नेनजिकको शाखा कार्यालयमा नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट समेत शुल्क बुझाउन सक्नेछन् ।

gold
prabhu bank
nawakantipur long