stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरिरहेको ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ मा आवेदन दिने म्याद लम्बिएको छ।

बैंकले यसअघि निष्कासन बन्द छिटोमा जेठ २१ गते हुने भनेको थियो। तर नेपाल सरकारले जेठ १८ गते उपत्यकामा सार्वजनिक बिदा दिएकाले छिटोमा निष्कासन बन्द हुने अवधि १ दिन अवधि थपेर जेठ २२ गते कायम गरिएको जनाएको छ।

बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो।

यसमा आवेदन दिंदा घटीमा २५ कित्ता र बढीमा १० लाख कित्तासम्म माग गर्न सकिनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

prabhu mahalaxmi
kumari