आरबीबी म्युचुअल फन्ड–१ र २ को न्याभ र नाफा बढ्यो

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित २ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डको नाफा पनि चैतको तुलनामा बढेको छ ।
जसमा ‘आरबीबी म्युचुअल फन्ड–१’ को वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १८ पैसाले बढेर ११ रुपैयाँ ०३ पैसा पुगेको छ । चैतमा यसको न्याभ १० रुपैयाँ ८५ पैसा रहेको थियो ।
वैशाख महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने घटेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ७ करोड २२ लाख रुपैयाँबाट घटेर १ अर्ब ७ करोड २० लाख रुपैयाँ कायम भएको छ ।
वैशाख मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा ९ करोड ५१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा फन्डले ६५ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ । वैशाख मसान्तसम्ममा यो फन्ड १२ करोड ९८ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १० करोड ७१ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यता, आरबीबी म्युचुअल फन्ड–२’ को पनि वैशाख महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ७ पैसाले बढेर ११ रुपैयाँ २० पैसा पुगेको छ । चैतमा यसको न्याभ ११ रुपैयाँ १३ पैसा रहेको थियो ।
वैशाख महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने घटेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७७ करोड ५० लाख रुपैयाँबाट घटेर ७६ करोड ५ लाख रुपैयाँ भएको छ ।
वैशाख मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा ७ करोड ३० लाख रुपैयाँ रहेको छ । यस अवधिमा फन्डले ४६ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ ।
वैशाख मसान्तसम्ममा यो फन्ड ८ करोड ३१ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड ७ करोड ६९ लाख रुपैयाँ नाफामा रहेको थियो ।