आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।आज छापावाल सुन तोलामा सात सय रुपैयाँले घटेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा यथावत रहेको हो ।