ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
प्रस्तावित लाभांश अनुमोदन

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोस्रोे वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को लागि पीएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले सञ्चालक समितिबाट नियुक्त हुनुभएका दुई जना स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।
हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गर्दै आएको छ ।