stcnepal long ad
ime life insurance
national life
global ime bank long

अल्फा क्यापिटलले आइपीओ जारी गर्ने

बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

यसैक्रममा, अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘अल्फा क्यापिटलले आइ.पी.ओ. जारी गर्ने तयारी गरेको छ । आइ.पी.ओ. निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रो लागि खुशीको कुरा हो । ‘

यस्तै, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सहज र सफल तरिकाले अल्फा क्यापिटलको आइ.पी.ओ. निष्कासन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो आइ.पी.ओ. निष्कासन प्रक्रियामा एनएमबि क्यापिटलले सहज र व्यावसायिक ढंगले भूमिका निर्वाह गर्नेछ, ‘ उनले भने ।

अल्फा क्यापिटल सफल व्यावसायिक तथा उच्च वृद्धि सम्भावना भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ । आइ.पी.ओ. जारी गरेर पूंजी बजारमा सूचीकृत भएपछि कम्पनीको दायरा, क्षेत्र र जिम्मेवारी अझै विस्तार हुने विश्वास लिइएको छ ।

IME Lifesidebar
kumari