evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

कुमारी क्यापिटलका ३ वटा म्युचुअल फन्डको न्याभ बढे

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ ।

जसमा कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) फागुन मसान्तमा ३ पैसाले बढेर १० रुपैयाँ ३५ पैसा कायम भएको छ ।

माघमा यस फन्डको न्याभ १० रुपैयाँ ३२ पैसा रहेको थियो । फागुन महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ ।

यस अवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७२ करोड १२ लाख रुपैयाँबाट बढेर ७२ करोड ८१ लाख रुपैयाँ पुगेको छ । फागुन मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दात ४ करोड ४५ लाख रुपैयाँ छ ।

यस अवधिमा ७७ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ । यस फन्डको मुद्दति निक्षेपमा २ करोड रुपैयाँ छ । फागुन मसान्तसम्ममा यो फन्ड ३ करोड २६ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड २ करोड ९४ लाख रुपैयाँ नाफामा रहेको थियो ।

त्यस्तै, कुमारी धनवृद्धि योजनाको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) फागुन मसान्तमा ६ पैसाले बढेर १० रुपैयाँ ९६ पैसा कायम भएको छ ।

माघमा यस फन्डको न्याभ १० रुपैयाँ ९० पैसा रहेको थियो । यो फन्डले फागुन मसान्तसम्म ८४ करोड ४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । अघिल्लो महिना यसले ८२ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

धनवृद्धि योजनाले कुल ७२ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । फागुन मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा १० करोड १९ लाख रुपैयाँ छ ।

यसको मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ छ । फागुन मसान्तसम्म यो योजना ५ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको छ ।

कुमारी सुनौलो लगानी योजनाको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) फागुन मसान्तमा २ पैसाले बढेर ११ रुपैयाँ १३ पैसा कायम भएको छ ।

माघमा यस फन्डको न्याभ ११ रुपैयाँ ११ पैसा रहेको थियो । यो फन्डले फागुन मसान्तसम्म २७ करोड ७८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

अघिल्लो महिना यसले २८ करोड २७ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । सुनौलो लगानी योजनाले कुल ४० वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ ।

फागुन मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा ३ करोड ३७ लाख रुपैयाँ छ । यसको मुद्दति निक्षेपमा ३ करोड ६० लाख रुपैयाँ छ । फागुन मसान्तसम्म यो योजना १ करोड ७७ लाख रुपैयाँ नाफामा रहेको छ ।

igi long
himalayan life insurance long ad