citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पाकिस्तान राष्ट्रिय दिवसमा दूतावासमा झण्डोत्तोलन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ । राजदूत अबरार एच हाशमीले झण्डोत्तोलन गरेका हुन् ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश वाचन गरिएको थियो । पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीले मुस्लिमहरूको स्वतन्त्र राज्य प्राप्त गर्नका लागि पुर्खाहरूले गरेको बलिदानको स्मरण गर्दै काश्मिरी र प्यालेस्टिनीहरूमाथि भइरहेको दमन अन्त्यको कामना गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले पाकिस्तान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पाकिस्तानीलाई बधाई दिँदै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको राष्ट्र बनाउने संकल्प गरेको छन्।

कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदाय, दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यहरू सहभागी थिए ।

himalayan life insurance
igi long