एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड” बन्दमुखी योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रतिइकाई अंकित मूल्य रु.१०/– दरमा २०८०/१०/०२ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ ।
उक्त निष्काशनमा शुक्रवार दिउसो १२ः३० बजेसम्ममा ३५,३३५ जना आवेदकहरुद्वारा ७८५,८१,५२०इकाई खरिदका लागि आवेदन प्राप्त भएकोमा ३,८५७ जनाआवेदन मार्फत शेयर खरिदका लागि माग भएको १,३०,६०,८७० इकाईहरु रद्द भएको छन् ।
यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।