stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरेका ती स्वास्थ्य संस्था कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा क्रमशः हिमाल इन्टरनेसनल मेडिकल सेन्टर, युनिकन मेडिकल सेन्टर, युनिकन हेल्थ कियर सेन्टर, ओस्कार मेडिकल सेन्टर, ट्यालेन्ट मेडिकल एन्ड डाइग्नोस्टिक सेन्टर काठमाडौँका अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेसनल मेडिकल सेन्टर, इबन मेडिकल सेन्टर, वल्डवाइड मेडिकल सेन्टर रहेका छन् ।

यस्तै काठमाडौँकै सान हेल्थ केयर सेन्टर, सुनगाभा पोलिक्लिनिक, एसियन प्लस मेडिकल सेन्टर, भानु मेमोरियल पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, जलविनायक मेडिकल सेन्टर, आर्शीवाद स्वास्थ्य सेवा क्लिनिक, सिद्धकाली मेडिकल सेन्टर, छाब्दी वाराही मेडिकल सेन्टर लगायत रहेका छन् ।

prabhu mahalaxmi
kumari