हिमालयन ८०–२० को इकाई नेप्सेमा सूचीकृत
![image image](https://www.aarthiksanjal.com/wp-content/uploads/2023/12/Mutul-Funds-1.jpg)
काठमाडौं । ‘हिमालयन ८०–२०’ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । हिमालयन क्यापिटल लिमिटेडेको सामूहिक लगानी कोष अन्तर्गत हिमालयन ८०–२० को १० करोड इकाई नेप्सेमा सूचीकरण गराएको हो ।
उक्त इकाई गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री गरिएको थियो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एच८०२०’ संकेत दिएको छ । यसको कारोबार बिहीबारबाट सुरु हनेछ ।