citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु क्यापिटलका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छुट अफर पाउने भएका छन् ।

हितग्राही ग्राहकहरुले सम्झौता अवधिदेखि आगामी १ वर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छुट अफर पाउने छन् ।

अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण ९डिमयाट कन्फर्मेसन० तथा आफ्नो आईडी कार्ड देखाउनु पर्नेछ । जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

himalayan life insurance
igi long