evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल.सेक्यूरिटिज संचालनमा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा बित्तीय संस्थाले आफ्नो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७६/०२/२८ स्थापित सि.बि.आई.एल. सेक्यूरिटिज कम्पनी लिमिटेडले नेपाल धितोपत्र वोर्डवाट मिति २०८० श्रावण ३२ गतेका दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेडवाट मिति २०८०/६/२९ मा धितोपत्रदलाल नं.९१ सदस्यता प्राप्त गरिएकोमा आज मिति २०८०/०८/२४ गतेका दिन एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले कम्पनीको विधिबत उदघाटन गरी कम्पनीको टि.एम.एस सेवा संचालनमा ल्याउनु भयो ।

 

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सि.बि.आई.एल.सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गर्नुभयो ।

साथै सिटिजन्स बैंकका प्रमुखकार्यकारी अधिकृत गणेश राजपोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझल्याउने गरि थप संस्थाहरुको स्थापनागर्न सकिने धारणा व्यक्तगर्नु भयो ।यो संस्था बैंकको आफ्नैकुपन्डोल स्थित भवन बाट संचालनमाल्याइएको छ ।

उक्त उदघाटनसमारोहमा सिटिजन्स बैंककासंचालकज्यूहरु ,प्रमुखकार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायतउक्त सेक्यूरिटिजका संचालकहरु, कम्पन कर्मचारीहरुको उपस्थिति थियो ।

धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ ।

यस कम्पनीले आफनाग्राहकलाई ब्रोकर खाताखोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्री यकृत प्थ्ऋ खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्थागरिएको छ ।

यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखाभवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाताखोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवाप्राप्तगर्न सक्नेछन ।

यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्च स्तरको धितोपत्रदलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।

सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

igi long
himalayan life insurance long ad