stcnepal long ad
global ime bank long

कात्तिक १८ गते परिपक्व हुने नबिल इक्विटी फन्ड खारेजीमा जाँदै, इकाई कारोबार बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल इक्विटी फन्ड खारेजीमा जाने भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङकोे व्यवस्थापनमा  सञ्चालित यो म्युचुअल फन्ड शनिबार परिपक्व हुने भएकाले खोरजीमा जान लागेको हो ।

योजनाको अवधि सकिएपछि खारेजीमा जाने भएपछि आज बिहीबार (कात्तिक १६ गते) देखि नेप्सेमा यसको इकाई कारोबार पनि बन्द हुने भएको छ ।

तसर्थ, कात्तिक १५ गतेसम्म कायम रहेका इकाईधनीहरु मात्र योजना खारेजीपछिको रकम फिर्ता भुक्तानी प्राप्त गर्न योग्य हुने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी गराएको छ ।

नबिल इक्विटी फन्ड २०७३ कात्तिक १९ गते इकाई बाँडफाँट गरी सञ्चालनमा आएको थियो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले ७ वर्ष तोकिएको थियो । उक्त अवधि कात्तिक १८ गते सकिन लागेको हो ।

IME Lifesidebar
kumari