citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकको ५ लाख ५७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको ५ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबीएस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

IME Life
kumari