stcnepal long ad
ime life insurance
national life
global ime bank long

बीर अस्पताललाई बैंक अफ काठमाण्डू लिमिटेडद्वारा पीपीई सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ ।

बैंकद्वारा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उपकुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरु हस्तान्तरण गरेको हो ।

जस अन्तर्गत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको छ ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा खटिरहेका स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्तर्गत  बैंक अफ काठमाण्डू लिमिटेडले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।

IME Lifesidebar
kumari