काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

आर्थिक सञ्जाल
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिंनामंगलमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केएमसीका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।
डा. देवकोटाका अनुसार अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।