stcnepal long ad
ime life insurance
national life
global ime bank long

भन्सार छली ल्याएका विभिन्न सामानहरु मोटरसाइकल  बरामद 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

सुनसरी । भन्सार छली ल्याएका करिब ३ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाटबिभिन्न समयमा लकडाउनको निग्रानीको लागि भारत नेपाल सिमानामा गस्ति गर्ने क्रममा भन्सार छली नेपालतर्फ मोटरसाइकलहरुमा ल्याउँदै गरेका उक्त सामानहरु प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल सहित छाडेर भागे पश्चात प्रहरीले बरामद गरेको हो ।

बरामद भएका मोटरसाइकहरुमा प्रदेश नम्बर ०१-०२-०४० प ७१८०, को.२२ प ३३९१, को.५ प ४३९८, को.२२ प २५८८, को.४ प ६०११, मे.२ प ६३४७ र को.३ प ७८२ नम्बर गरी ७ थान रहेका छन् । साथै उक्त मोटरसाइकलमा ल्याउँदै गरेको सलाई ६ केजी, सुर्ति २ सय ५ केजी, विडी १० केजी, प्लाष्टिकको डोरी ७० केजी, प्लाष्टिको रोल २६ केजी र दिलवाले रक्सी २२ कार्टुनसमेत प्रहरीले बरामद गरेको हो ।

मोटरसाइकल सहितका उक्तसमानहरु आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

IME Lifesidebar
kumari