citizens life insurance long ad

सिटिजन्स बैंक द्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप रू एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको छ ।

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।

एक समारोहका बीच बैंकले रू एक लाख बत्तिस हजारको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक  समिक्षा शर्मा लाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य  उपचारमा उक्त  रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८५ वटा शाखा, १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ९० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

IME Life
kumari