citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

लक्ष्मी बैंकको २५ प्रतिशतले नाफा बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी बैंकको चालु आ.व.को दोस्रो त्रैमासमा नाफा २५ प्रतिशतले वृद्धि भएको छ । बैंकद्वारा मंगलबार प्रकाशित वित्तीय विवरण अनुसार गत आ.व.को पुस मसान्तको तुलनामा बैंकले चालु आव २०७६/०७७ को सोही अवधिमा २४.७६ प्रतिशतले नाफामा वृद्धि गरी ९० करोड ३० लाख रुपैयाँ पु¥याएको छ । गत आ.व. २०७६/०७७ को दोस्रो त्रैमासमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । ९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११।१९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य नाफा भने ५९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

gold
himalayan life insurance long ad