stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेप्सेले गर्यो सूचीकृत कम्पनीको वर्गीकरण, १२ वाणिज्य बैंक ‘ए’ समूहमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले सूचीकृत कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको नयाँ वर्गीकरण सूची सार्वजनिक गरेको छ । नेप्सेले ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीको वर्गीकरण गरेको हो ।

‘ए’ वर्गमा १२ वटा वाणिज्य बैंक मात्रै परेको छ भने ‘बी’ वर्गमा कुनै कम्पनी परेको छैन । यता, ३२ वटा कम्पनीलाई भने ‘जी’ समूहमा राखिएको छ । बाँकी सूचीकृत कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन् ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको कम्तिमा ३ वर्ष पुगेका, आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा गरेका र विगत ३ वर्षदेखि लगातार नाफा गरी लाभांश वितरण गरेका कम्पनीलाई ‘ए’ वर्गमा राख्ने प्रावधान रहेको छ ।

यस्तै, क्रेडिट रेटिङ संस्थाबाट औसत भन्दा बढी रेटिङ पाएका र निमयनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेका कम्पनीहरु ‘ए’ वर्गमा पर्ने व्यवस्था छ । सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ ।

 

prabhu mahalaxmi
kumari