stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकका ग्राहकले कोरोना सुरक्षा सामान किन्दा १० प्रतिशत छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौं । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकका बिचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।

ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बिचमा भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् ।

रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा के एन ९५ मास्क उपलब्ध गराउँदै आई रहेको छ । निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा के एन ९५ मास्क उपलब्ध गराउँदै आएको रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको जनाएको छ ।

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ ।

मुलुकभर थोक मात्रामा पनि यी सामानहरु सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । थोक मात्रामा मास्क, स्यानिटाइजर, थर्मल गन लगायतका सामान आवश्यक परेमा रिचार्जरमा सम्पर्क गर्न सकिने छ ।

रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिने छ ।

ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए ।

‘एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा खरिद गर्न सकिन्छ’ उनले भने ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने उनले बताए ।
‘यो मास्कको बजार मूल्य ३५० देखि ५५० रुपैंयासम्म सम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने ।

टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ ।
मोबाइल, ल्यापटप, क्यामेरा लगायतका विद्युतीय उपकरण बिक्री बितरणमा इ हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेटि तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ ।

नेपाली एप हामी नेपाली हरुकै लागी भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेलका मोबाइल तथा ल्याण्डलाइन फोन रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने विद्युत, सबै इन्टरनेट सेवाप्रदायक, बीमा, सिनेमा लगायतका सेवाको बिल भुक्तान गर्दा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गरी सस्तोमा सामान किन्न सकिन्छ ।

 

 

IME Lifesidebar
kumari