sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ६८२ पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल 
काठमाडौं ।  नेपालमा आज सोमबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै सोमबार मात्रै ७८ जना नयाँ संक्रमित फेला परेका छन् । आज बिहान मात्रै ७२ जना संक्रमित थपिएका थिए ।
यससँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका डा. विकास देवकोटाका अनुसार बर्दियामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाको गुलरिया नग पालिकाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि छ । यस्तै, अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै, बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।
gold
nawakantipur long