stcnepal long ad
global ime bank long

डेरी उद्योगीद्वारा दुग्ध जन्य वस्तुको उत्पादनमा पचास प्रतिशत भ्याट छुटको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । डेरी उद्योगीहरुले दुग्ध जन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनु पर्ने माग गरेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिदै आएको ५० प्रतिशत भ्याट छुट फेरी दिनुपर्ने बताए ।लकडाउनका कारण दुध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दुध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवस्यकता रहेको उद्योगीको भनाइ छ ।

सरकारले व्यवसायी र किसान दुवै पक्षलाई राहत नदिए लकडाउनपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको उद्योगीको भनाइ छ । देशभर दैनिक ६२ लाख दुध उत्पादन हुन्छ ।

पछिल्लो समय लकडाउन भएपछि करिब ८० प्रतिशत दुधको बजार बन्द भएको छ । जसका कारण डेरीसँग भएको करिब ५ अर्ब रुपैयाँ बराबरको दुधको स्टक विक्री हुन सकेको छैन् । यस्तै दुध संकलन हुन नसक्दा ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको छ ।

IME Lifesidebar
kumari