मेगा बैंकको नाफा १९.५०% ले बढ्यो

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेगा बैंकले १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षकोभन्दा १९.५०% ले बढी हो ।
गत वर्ष बैंकले १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म यस बैंकको वितरण योग्य नाफा भने ४०.०८% ले घटेर ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
गत वर्ष वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दनी १५.६४% ले बढेर ३ अर्ब १८ करोड ३३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि २१.७९% ले बढेर २ अर्ब ७ करोड ७५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १९ पैसा रहेको छ ।

